Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


साउदी अरबले तेलकाे उत्पादन क्षमता बढाउने


2.1k
Shares

काठमाडौं । साउदी अरबले तेल उत्पादन बढाएर प्रतिदिन १३ लाख ब्यारेल पुर्याउने भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेट लगत्तै खाडी सहयोग परिषद्को जेद्दामा भएको शिखर सम्मेलनमा साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान अलले उक्त घोषणा गर्नुभएको हो। राजकुमारले अवास्तविक ऊर्जा नीतिले उच्च मुद्रास्फीतितर्फ डोर्याउने भन्दै तेल उत्पादन बढाउँदा विश्व अर्थतन्त्रलाई सहयोग गर्ने विश्वास ब्यक्त गर्नुभयाे ।

उक्त अवसरमा उहाँले विश्वव्यापी आर्थिक पुनःस्थापना र खाद्य तथा स्वास्थ्य सुरक्षा प्राप्त गर्न कोभिड–१९ र भौगोलिक स्थितिका चुनौतीको सामना गर्न अन्तर्राष्ट्रिय प्रयासको लागि आह्वान समेत गर्नुभएकाे छ ।