काठमाडौं, वैशाख २६ । भिसा थप्न र स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिएका चिनियाँ नागरिक र प्रहरीबीच शुक्रबार झडप भएको छ ।
झडपमा डीएसपी, एकजना महिला प्रहरी र करिब तीनजना चिनियाँ नागरिक घाइते भएका छन् ।
‘लकडाउन’को समयमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्नेक्रममा झडप भएको हो ।
सिंहरदरबारअगाडि करिब ३३ जना चिनियाँ नागरिक जम्मा भएर धर्ना दिएका थिए ।
उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भिडियो हेर्नुहोस्









प्रतिक्रिया दिनुहोस्