१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


राष्ट्रियसभामा तीन अध्यादेश पेश


0
Shares

काठमाडौं, बैशाख २६ । राष्ट्रियसभामा बैठक प्रारम्भ भएकै दिन शुक्रबार तीन अध्यादेश पेश गरिएको छ ।

प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश र  २०७७”, “राजनीतिक दलसम्बन्धी (दोस्रो) अध्यादेश, २०७७” गरेका छन् ।

त्यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्वाहाङ्फेले बैठकमा  “केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७”  पेश गरे । रासस