काठमाडौं, वैशाख २६ । संसदको अधिवेशन सुरु हुनुपूर्व सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक बसेन ।
कोरोना संक्रमणको त्रासका कारण बैठक नराखेर नेकपा संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दलका सांसदहरुलाई पत्रमार्फत् निर्देशन दिएका छन् ।
उनले शुक्रबार पत्रमार्फत् नेकपा सांसदहरुलाई संसद बैठकमा एकता प्रदर्शन गर्न निर्देशन दिएका हुन् ।
पत्रमा संसदको बैठकमा दलको एकता र विषयगत एकता स्पस्ट देखाउन निर्देशन दिइएको छ ।
‘संसदका दुवै सदनका बैठक छोटा–छरिता र मर्यादित एवं विषयकेन्द्रित हुनुपर्ने र संसदमा नेकपा दलको एकता र विषयगत एकरूपता स्पस्ट देखिनुपर्ने आवश्यकतालाई माननीयज्यूहरूले बुझिदिने’ प्रधानमन्त्री ओलीको पत्रमा उल्लेख छ ।
उनले शुक्रबारै नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायतका शीर्ष नेताहरुसँग संसद अधिवेशनबारे छलफल गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्