Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


थप ६३ सांसदको थ्रोट स्वाब संकलन


0
Shares

काठमाडौं, वैशाख २६ । संघीय संसदको छैटौं अधिवेशन शुक्रार (आज)देखि सुरु हुने भएपछि बिहीबार र शुक्रबार गरी कुल २७५ सांसदको ‘थ्रोट स्वाब’ को नमुना संकलन गरिएको छ ।

सांसद तथा कर्मचारीमा ‘कोभिड–१९’ भए/नभएको निर्क्योल गर्न बिहीबार प्रतिनिधिसभाका १७९ र राष्ट्रियसभाका ३३ गरी २१२ सांसद र २२९ संघीय संसद सचिवालयका कर्मचारी तथा मर्यादापालकको स्वाब संकलन गरिएको थियो ।

शुक्रबार नयाँबानेश्वरस्थित संसद भवन परिसरमा प्रतिनिधिसभाका ५३ र राष्ट्रियसभाका १० गरी थप ६३ सांसदको स्वाबको नमुना संकलन गरिएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

संघीय संसदको छैटौं अधिवेशन शुक्रबार अपराह्न ४ बजे बस्दैछ ।

कोभिड–१९ को परीक्षणका लागि ५४ सांसदको स्वाबको नमुना लिन अझै बाँकी रहेको छ । प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५८ सांसद छन् । रासस