Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


काठमाडौंमा एकाबिहानै कहालीलाग्दो दुर्घटना, एकको मृत्यु


0
Shares

काठमाडडौं ।  काठमाडौंको रविभवनमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

आज बिहान रविभवनमा भएको दुर्घटनामा निजी कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो ।

बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल र बा २१ च ४३४७ कार एक आपसमा जुध्दा मोरङ घर भएका २३ वर्षीय टीकाराज गेलालको ज्यान गएको हो ।

कलंकीबाट कालिमाटीतर्फ आइरहेको कारले कालिमाटीबाट कलंकी तर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

कलंकीबाट कालीमाटीतर्फ आइरहेको बा २१ च ४३४७ नम्बरको जीपमा नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल शेखर जबरा थिए । प्रहरीका अनुसार तीब्र गतिमा रहेको मोटरसाइकल विपरित तर्फको कारमा ठोक्किन पुग्दा दुर्घटना भएको हो ।

कालीमाटीबाट तीब्र गतिमा कलंकीतर्फ गएको मोटरसाइकल चालकले सन्तुलन गुमाउँदा विपरीत लेनमा गई कारसँग ठोक्किन पुगेको प्रहरीले जनाएको छ । कार चालक स्युचाटार बस्ने कर्णेल शेखर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक गेलाल मासु पसलमा काम गर्दै आएका थिए। उनी कुखुराको मासु बोकेर आएका थिए । दुर्घटनापछि सडकभर मासु छरिएको थियो ।