Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


कार्यकाल सकिनै लाग्दा उपसभामुख

राजनीतिक समीकरण फेरबदलपछि दोस्रो प्रयासमा विजयी

2.8k
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा उपसभामुखमा नेपाली कांग्रेस सांसद पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन् ।

उपसभामुखका लागि शुक्रबारको प्रतिनिधि सभा बैठकमा भएको मतदानमा उनले १ सय ४८ मत पाइन् । उनको विपक्षमा ९३ मत खसेको थियो । उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार थिए । भुसाललाई उपसभामुखमा चयन गरियोस् भन्ने प्रस्ताव पारित भएका कारण भट्टराईको प्रस्तावमा मतदान नै गर्नु परेन २०७६ साल माघमा ततकालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म रिक्त यो पदमा शुक्रबार चुनाव भएको हो ।

शुक्रबारको बैठकमा २ सय ४२ सांसद उपस्थित थिए । एक सांसद भने तटस्थ रहे । भुसाललाई सत्तारूढ दलहरू कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चाको समर्थन रहेको थियो । सत्ताबाहिर रहेको लोकतान्त्रिक समाजवादी पार्टीले पनि उनलाई सघाएका थियाे ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।