
गुलरिया, बैशाख २५ । बाघको आक्रमणबाट गेरुवा गाउँपालिका –४ का वडा सदस्य ६५ वर्षीय मायाराम खनाल गम्भीर घाइते भएका छन् ।
बिहीबार दिउँसो करीब ३ बजे बर्दिया राष्ट्रिय निकुञ्जको छेउमा भैँसी चराउँदै गर्दा खरमा लुकेर बसेको पाटेबाघले एक्कासि आक्रमण गरी उनलाई घाइते बनाएको हो ।
आक्रमणबाट उनको घाँटी, ढाड र छातीमा चोट लागेको स्थानीयवासी दिलबहादुर बिसीले बताए ।
खनाललाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्