Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


थाई नेपाली समाजद्वारा थाइल्यान्डमा रहेका नेपालीलाई खाद्य सामग्री वितरण


0
Shares

काठमाडौं, वैशाख २५ । थाई नेपाली समाज फुकेटले थाइल्यान्डमा रहेका नेपालीहरुलाई खाद्य सामग्री वितरण गरेको छ ।

समाजले कोरोनाभाइरसका कारण बाँच्न नै समस्यामा परेका नेपालीहरुलाई नेपाली १५ लाख रुपैयाँ बराबरको खाद्य सामग्री वितरण गरेको हो ।

समाजका अध्यक्ष डैङ् लिम्बुले ‘लकडाउन’का कारण काममा जान नसकेका र आर्थिक अवस्था कमजोर भएका नेपाली परिवारलाई खाद्य सामग्री वितरण गरिएको जानकारी दिए ।

जसमा दाल, चामल, चिनीलगायतका खाद्य सामग्री रहेका बताइएको छ ।