Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


सांसदहरु ‘पीसीआर’ रिपोर्ट नआएसम्म संसद बैठकमा सहभागी हुन नपाउने


0
Shares

काठमाडौं, वैशाख २५ । संघीय संसदका सांसदहरु ‘पीसीआर’ रिपोर्ट नआएसम्म संसद बैठकमा सहभागी हुन नपाउने भएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बिहीबार बसेको कार्यव्यवस्था समितिको बैठकले कोरोना संक्रमण नभएको रिपोर्ट देखाएपछिमात्र सांसदहरुलाई हलभित्र प्रवेश गर्न दिने निर्णय गरेको हो ।

कुनै सांसदमा कोरोना संक्रमण पाइएमा हलमा छिर्न पाउने छैनन् ।

संघीय संसदको बजेट अधिवेशनको पूर्वसन्ध्यामा बिहीबार सांसद र कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

पीसीआर परीक्षण रिपोर्ट शुक्रबार बिहानसम्म आइसक्ने जनाइएको छ ।

उक्त रिपोर्ट देखाएरमात्र सांसदहरुलाई बैठकमा प्रवेश गर्न दिइने समितिले निर्णय गरेको हो ।

कोरोना परीक्षण नभएका सांसदहरु भने शुक्रबार बस्ने बैठकमा सहभागी हुन पाउने छैनन् । स्वाब संकलन गर्न बाँकी रहेका सांसदको कोरोना परीक्षण शुक्रबार बिहान गरिने छ ।

यस्तै, समितिले संसद अधिवेशन सुरु भइसकेपछि कुनैपनि सांसदलाई काठमाडौं छाडेर निर्वाचन क्षेत्र जान नदिने निर्णयसमेत गरेको छ ।