Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


आज देखि तीन दिनसम्म मेघगर्जनसहित असिना पानी पर्ने


0
Shares

काठमाडौं ।  पश्चिमी न्युन चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भुभाग नजिक बनेको न्युन चापीय क्षेत्र  तथा  बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरेका कारण आज देशभर सामान्यता मौसम बदली रहने छ ।

देशको पश्चिमी भूभागका केही स्थान र मध्य र पूर्वी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

काठमाडौंमा अहिले मौसम बदली भई चट्याङ्ग सहित पानी परिरहेको छ । भोलि र पर्सिपनि मौसम बदली रहने र देशका विभिन्न ठाउँमा मेघगर्जनसहित चट्याङ्ग असिना र हावाहुरी सहित वर्षा हुने महाशाखाको अनुमान छ ।

भोलि बिहान पहाडी भूभाग तथा केही तराइका भागमा मेघगर्जनसहित पानी पर्नेछ ।

त्यस्तै पर्सि (शनिबार) पश्चिमी तथा मध्य भूभागमा चट्याङ्गसहित पानी पर्नेछ । तसर्थ सबैलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।