Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


दशगजामा अलपत्र ८८ जनालाई भारतीय ‘क्वारेन्टाइन’मा पठाइयो


0
Shares

कपिलवस्तु, वैशाख २४ । भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्नेक्रममा कपिलवस्तुमा सशस्त्र प्रहरीको नियन्त्रणमा परेका प्रवासी नेपालीलाई भारतीय ‘क्वारेन्टाइन’मा पठाउन सुरु गरिएको छ ।

बुधबार दिउँसो दशगजामा अलपत्र परेका ३५३ जनामध्ये मर्यादपुर नाकामा रहेका ८८ जनालाई भारतीय सुरक्षाकर्मीको सहयोगमा भारतीय क्वारेन्टाइनमा पुर्‍याइएको हो ।

मर्यादपुरस्थित दशगजामा रहेका ८८ जनालाई भारतको खुनुवाबजार हुँदै रमवापुरको लालबहादुर शास्त्री उच्च माविमा निर्माण गरिएको क्वारेन्टाइनमा पठाइएको छ ।

दशगजामा अलपत्र परेका भारतबाट आएका नेपाली नागरिकले आफूहरुलाई भारतीय क्वारेन्टाइनमा नपठाएर नेपालकै क्वारेन्टाइनमा पठाउन माग गरेका छन् ।

जिल्लाको कृष्णनगर नाकामा भारतबाट आएका २६५ जना नेपाल–भारत सीमाको दशगजा क्षेत्रमै छन् ।