Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


माध्यमिक तहसम्म पढ्ने विद्यार्थीको संख्या ७१ लाख


65
Shares

काठमाडौं । नेपालमा आधारभूतदेखि माध्यमिक तहसम्म पढ्ने विद्यार्थीको संख्या करिब ७१ लाख रहेको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष १० हजार संख्या बढेको हो ।

शिक्षा, तथा मानव स्रोत विकास केन्द्रले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी यस्तो जानकारी दिएको हो ।

केन्द्रका अनुसार शैक्षिकसत्र २०७७ मा ७० लाख ८२ हजार ३ सय ६९ विद्यार्थी थिए । फ्ल्यास रिपोर्टमा उल्लेख भएअनुसार २०७८ मा ७० लाख ९२ हजार ९ सय ५९ विद्यार्थी अध्ययनरत छन् ।

केन्द्रले २०७९ सालको तथ्यांक २०८० सालमा सार्वजनिक गर्नेछ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।