Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


विद्युतीय सर्टका कारण आगलागीको संख्यामा बढोत्तरी


52
Shares

काठमाडौं । विद्युतीय सामग्रीको नियमित परीक्षण गर्ने अभ्यास नहुँदा विद्युतीय सर्टका कारण आगलागीको संख्या बढी रहेको छ ।

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा भक्तपुरलगायत विभिन्न जिल्लामा भएको आगलागीका कारण विद्युतीय सर्ट नै रहेको छ ।

प्राधिकरणका अनुसार सुर्यबिनायक नगरपालिका–३ बालकोटस्थित एक टहरामा आगलागीभई धनमालको क्षति हुनुका साथै टहरा पूर्णरुपमा नष्ट भएको छ । त्यसैगरी विद्युतीय सर्ट भई धनुषाको क्षीरेश्वरनाथ नगरपालिका इच्छापुर स्वास्थ्य चौकीमा, रौतहटको बोधिमाई नगरपालिका–७ बंकुलस्थित एक घरमा आगलागी भएको थियो ।

हामीलाई जानकारीमा आए अनुसार २४ घण्टाभित्र चार ठाउँमा भएको आगलागीमध्ये तीन ठाउँमा भएको आगलागीको कारण विद्युतीय सर्ट नै रहेको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिनुभयो । प्राधिकरणले प्रकाशित गरेको दैनिक विपद् बुलेटिनमा यसको उल्लेख गरिएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।