Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


मुख्यमन्त्री राउत सांसद तथा पालिका प्रमुखबाट आलोचित


364
Shares

बारा । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतप्रति प्रदेशका सांसद तथा पालिका प्रमुखहरुले आलोचना गर्न थालेका छन् ।

पाँच वर्षे कार्यकाल सकिनै लाग्दा बाराका दुई प्रादेशिक अस्पताल अगाडि बढाउनेबारे नीति तथा कार्यक्रममा उल्लेख गरे पनि आवश्यक बजेट बिनियोजन नगरेपछि प्रदेश सांसद तथा स्थानीय तहका प्रमुखहरुले राउतको खुलेरै आलोचना गर्न थालेका हुन् ।

तीन वर्षअघि एकै दिन बिहान कलैयामा प्रादेशिक सरुबा रोग अस्पतालको शिल्यान्यास र दिउसो पथलैयास्थित तालीम केन्द्रको खाली भवनको परिसरमा प्रादेशिक ट्रमा अस्पताल संचालन गर्ने मुख्यमन्त्री राउतले घोषणा गर्नुभएको थियो । एकीकृत समाजवादीका प्रदेश सचेतक सुन्दर विश्वकर्माले मुख्यमन्त्री राउतले आश्वासन मात्रै बाँडेकाले अब आन्दोलन बाहेक विकल्प नभएको बताउनुभयो ।

यस्तै, जितपुर सिमरा उपमहानगरका प्रमुख राजन पौडेलले जनताको स्वास्थ्य संवेदनशीलतामाथि पनि मुख्यमन्त्री राउतले प्रपोगाण्डा मात्र मच्चाएको आरोप लगाउनुभयो ।

मधेश प्रदेश सरकारले पाँच वर्षमा स्थानीय तहले जस्तो टुक्रे योजना बाहेक देखिने गरी कुनै ठूलो पूर्वाधार विकासका काम अघि नबढाएको प्रदेश सांसदहरुकै गुनासो छ ।

Skip This