काठमाडौं, साउन ३१ । शिवशक्ति ग्रुप अन्तर्गतको रिलायन्स चिनी उद्योगले यस वर्ष साढे २५ हजार टन चिनी उत्पादन गर्यो । किसानसँग एकसय ५७ करोडको ४० लाख क्विन्टल उखु किनेर उक्त परिमाणमा चिनी उत्पादन गरे पनि बजारमा ६ हजार मेट्रिक टन चिनीमात्रै बिक्री भयो ।
अहिलेसम्म उत्पादनको ७० प्रतिशत चिनी बिक्री हुनुपर्नेमा मूल्य नपाउँदा चिनी गोदाममा थन्किएको बताउँछन् उद्योग सञ्चालक राजकुमार अग्रवाल । उनका अनुसार चिनी बिक्री नहुँदा उखु किसानलाई ५७ करोड भुक्तानी गर्न बाँकी छ ।
एभरेस्ट सुगर इन्डस्ट्रीको हालत पनि उस्तै छ । तीन लाख ८४ हजार नौ सय १५ क्विन्टल चिनी उत्पादन गरेको देशकै ठूलो चिनी उद्योगले तीन लाख २० हजार नौ सय २५ क्विन्टल चिनी गोदाममा थन्क्याएको छ ।
भन्सार दर थोरै हुँदा भारत, पाकिस्तानलगायत अन्य मुलुकबाट अत्याधिक चिनी भित्रिएपछि नेपाली उद्योग र उखु किसान मर्कामा परेका हुन् । –नागरिक दैनिकबाट




प्रतिक्रिया दिनुहोस्