Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


विदेशी मुद्रामा ल्याएको ऋण सस्तो नहुने


0
Shares

काठमाडौं, साउन ३१ । वाणिज्य बैंकहरुले विदेशी बैंक तथा वित्तीय संस्थाबाट ल्याएको ऋण पनि सस्तो नहुने भएको छ ।

बैंकहरुले विदेशबाट ल्याएको ऋण पनि प्रचलित ब्याजदरमै लगानी गर्ने छुट राष्ट्र बैंकले दिएकाले अपेक्षा गरिएजस्तो सस्तो नहुने भएको हो ।

राष्ट्र बैंकले बैंकहरुलाई भारतीय मुद्रामा पनि ऋण ल्याउन बाटो खोलिदिएपछि बजारमा त्यस्तो ऋण सस्तो ब्याजरदरमा पाइने चर्चा चल्न थालेको छ ।

विदेशी मुद्रामा ल्याएको ऋण बैंकहरुले तोकिएको क्षेत्रमा मात्र लगानी गर्नुपर्ने व्यवस्था रहे पनि सस्तो दरमा दिनुपर्ने बाध्यता नभएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले बताए । –कान्तिपुर दैनिकबाट