Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


यौन हिंसाका पीडितलाई न्याय दिन धेरै कुरामा सुधार गर्नुपर्छ : कानूनमन्त्री


117
Shares

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ‘क्रिमिनल जस्टिस सिष्टम’मा सुधारको जरुरी रहेको बताउनुभएको छ ।

सोमबार प्र्रतिनिधिसभा बैठकमा ‘यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०७९’ माथि सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा मन्त्री कोइरालाले यौन हिंसा नियन्त्रणका लागि सुधारको आवश्यक्ता रहेको औल्याउँदै त्यसका लागि कानून आयोगले काम गरिरहेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले यौन हिंसाका पीडितलाई न्याय दिन र पीडकलाई कारबाहीको दायरामा ल्याउन हदम्याददेखि धेरै कुरामा सुधार आवश्यक रहेकाले सरकारले कानून आयोगमार्फत् त्यसको अध्ययनको कामलाई अघि बढाउनु परेको स्पष्ट पार्नुभयो ।

मन्त्री कोइरालाले अध्यादेशको प्रतिस्थापन गर्नका लागि सो विधेयक सरकारले ल्याएको उल्लेख गर्दै त्यसमा सुधार गरेर जान प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले संसद र संसदीय समितिले दिएको निर्देशनलाई सधैं पालना गरेर जाने दृढता समेत व्यक्त गर्नुभयो ।