Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


लकडाउनमा पनि किसानलाई भ्याइनभ्याई


0
Shares

भोजपुर । कोरोना संक्रमणलाई रोक्न सरकारले देशैभर लकडाउन गरेपनि भोजपुरका कृषकलाई कुनै प्रभाव परेको छैन ।

कृषकहरुलाई यतिबेला धानको बीउ व्याड राख्न मकै गोड्न, बाँझो जोत्न भ्याइनभ्याई छ ।

कृषकहरुले लकडाउनले बेला बालबालिकाको पढाइमा असर गरे आफूहरुलाई भने प्रभाव नपारेको बताएका छन् ।

गत आर्थिक वर्ष भोजपुरमा १४ हजार एक सय ११ हेक्टर क्षेत्रफलमा ३२ हजार ४ सय ५७ मेट्रिकटन धान त्यस्तै ३६ हजार ७ सय ५१ हेक्टर क्षेत्रफलमा २.१८ का दरले मकै उत्पादन भएको थियो ।