Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


दैलेखमा सुरक्षाकर्मीलाई ‘हाइअलर्ट’मा राखियो


0
Shares

दैलेख । प्रदेश पाँचको बाँकेमा कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि दैलेख जिल्लामा पनि सुरक्षा निकायलाई हाइअलर्टमा राखिएको छ ।

जिल्लामा केहि दिनदेखि मानिसको चहलपहल बढ्न थालेपाछि उच्च सर्तकता अपनाइएको हो ।

कर्णालीका अधिकांश जिल्लामा जानका लागि दैलेख भएर जानु पर्ने भएकाले दैलेख जिल्लाका मुख्य चार नाकामा उच्च सर्तकता अपनाइएको छ ।

नाकामा सुरक्षाकर्मीको संख्या बढाउनुका साथै बाह्य मुलुकबाट आएकाहरुको ट्रेसिङ सुरु गरिएको छ ।

जिल्ला सुरक्षा निकायको बैठकले संक्रमित भेटिएमा कसरी नाका शील गर्ने र कस्तो रणनीति अपनाउने भन्ने योजना तयार गरेको छ ।