Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


विजेश्वरीमा मध्यकालीन ‘हिति’ फेला (भिडियो)


39
Shares

नरेन्द्र मानन्धर र भरत केसी (इमेज)

काठमाडौं, वैशाख २३ । काठमाडौं महानगरपालिका वडा नम्बर–१५, विजेश्वरीमा ऐतिहासिक महत्वको ढुंगेधारा फेला परेको छ ।

ऐतिहासिक र पुरातात्विक महत्वको मध्यकालीन ढुंगेधारा (हिति) विजेश्वरीनजिक बाटोको किनारामा फेला परेको हो ।

स्थानीयहरुले सो स्थानमा सर्प आएको देखेपछि उत्खनन् गर्दा करिब ५०० वर्ष पुरानो हिति फेला परेको हो ।

व्यक्तिको जग्गामा रहेको सो हितिको रेकर्ड पुरातत्व विभागलगायत सम्बन्धित निकाय कसैसँग छैन । हितिमा अन्य मूर्ति र कलाकृतिहरु रहे/नरहेको खोजी भइरहेको छ ।

पुरातत्व विभागका पूर्वउपसचिव श्यामसुन्दर राजवंशी हितिमा पानी आउने सम्भावनाको खोजी गरेर पुनः सञ्चालनको प्रयास गरिने बताउँछन् ।

खानेपानीको चरम अभाव व्यहोरिरहेको उपत्यकामा रहेका यस्ता ढुंगेधाराहरुको खोजी गरेर पुनः सञ्चालन गर्नसकेमा पानीको आपूर्तिसमेत हुने र परम्परागत कला–संस्कृतिको संरक्षण गर्नसमेत मद्दत पुग्ने छ ।

भिडियो हेर्नुहोस्