३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


सोमालियामा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु


0
Shares

काठमाडौं, वैशाख २३ । सोमालियामा कोरोनाभाइरसको उपचारका लागि आवश्यक सामग्री बोकेको विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

त्यहाँका अधिकारीहरुकाअनुसार विमानमा रहेका चालकदलका सदस्यसहित सबैको मृत्यु भएको हो ।

राजधानी मोगादिशुको पश्चिमी भागमा विमानस्थलको नजिकै विमान खसेको हो ।

विमान दुर्घटनाका कारण अज्ञात रहेको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

मृत्यु हुनेमा सोमालिया र केन्याका नागरिकहरु रहेको बताइएको छ । (एजेन्सी)