Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


अभियोग लागेकालाई सफाइ दिएपछि न्यायाधीश भट्टराई विवादित


845
Shares

काठमाडौं । गोली चलाएर हत्या गरेको अभियोग लागेकालाई सफाइ दिएपछि धनुषा जिल्ला अदालतका न्यायाधीश डा. पर्शुराम भट्टराई विवादको घेरामा परेका छन् ।

६ कात्तिक २०७६ मा धनुषा जनकपुरधाम उपमहानगरपालिका–१ का पेट्रोल पम्प सञ्चालक मनोज साहको गोली प्रहार गरी हत्या भएको अभियोगमा पक्राउ परेका ‘पंकज’ भनिने दामोदर चौधरीलाई न्यायाधीश भट्टराईको एकल इजलासले सफाइ दिएपछि उच्च अदालत जनकपुर बार एसोसिएसनले फैसलालाई ‘विवादास्पद’ भनेको छ ।

प्रहरी अनुसन्धानमा चौधरीले आफूले हत्या गरेको स्वीकार गरेको रिपोर्ट सार्वजनिक भएको थियो । तर, अदालतमा भने चौधरीले ‘इन्कारी बयान’ दिएका थिए ।

सरकारी वकिल कार्यालयले प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा अभियुक्त चौधरीलाई आजीवन कैद सजाय माग दाबी गरेको थियो । तर, न्यायाधीश डा. भट्टराईको एकल इजलासले ‘प्रमाणको आधार र कारण नपुग्ने’ भन्दै सफाइ दिने फैसला सुनाएको थियो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।