Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


पार्टीभित्रैकै अन्तर्घाती खोजी गर्दै माओवादी

तीन सदस्यीय छानबिन समिति गठन

78
Shares

काठमाडौं । काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारमाथिको अन्तर्घात छानबिन थालेको छ ।

पेरिसडाँडास्थित माओवादी केन्द्र केन्द्रीय कार्यालयमा शनिबार बसेको स्थायी समिति बैठकले उम्मेदवारमाथि भएको अन्तर्घात छानबिन गरी कारबाही सिफारिस गर्न छानबिन समितिसमेत गठन गरेको छ ।

माओवादी केन्द्र प्रवक्ता कृष्णबहादुर महराका अनुसार अनुशासन आयोग अध्यक्ष टंक राईको संयोजकत्वमा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहनेगरी तीन सदस्यीय छानबिन समिति गठन भएको छ ।

‘पार्टीकै उम्मेदवारलाई निर्वाचनमा हराउने काम भयो, कतिपय केन्द्रीय सदस्यकै विरोधमा कारबाही गर्नुपर्ने माग गर्दै निवेदन परेको छ,’ प्रवक्ता महराले भने, ‘आफ्नै पार्टीका उम्मेदवारलाई हराउने काम गर्ने अन्तर्घातीलाई कारबाही गर्नुपर्ने आवाज पार्टीभित्र उठेकाले समिति गठन गरेका हौं ।’

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।