Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


सात लाख करदाता थपिए


182
Shares

काठमाडौं । एक वर्षको अवधिमा करिब सात लाख करदाता थपिएका छन् । अर्थ मन्त्रालयका अनुसार २०७८ वैशाखदेखि २०७९ वैशाखसम्मको अवधिमा छ लाख ९२ हजार ७१८ करदाता औपचारिक रूपमा दर्ता भएका हुन् ।

मन्त्रालयको तथ्यांकअनुसार यो एक वर्षको अवधिमा एक लाख ९३ हजार ६३९ नयाँ करदाताले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् ।

यससँगै हालसम्म व्यावसायिक स्थायी लेखा नम्बर लिएका करदाताको संख्या १७ लाख ७४ हजार पुगेको छ । यो अवधिमा चार लाख ९३ हजार व्यक्तिगत करदाता थपिएका छन् । यो संख्यासहित हालसम्म व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको संख्या २९ लाख ६८ हजार पुगेको छ ।

करकट्टी गर्ने निकायले लिने स्थायी लेखा नम्बर पनि यस अवधिमा निकै बढेको छ । मन्त्रालयका अनुसार एक वर्षको अवधिमा छ हजार १५६ वटा त्यस्ता निकायले स्थायी लेखा नम्बर लिएका छन् । २०७८ असार मसान्तसम्म करिब १० हजार त्यस्ता निकायले मात्र स्थायी लेखा नम्बर लिएका थिए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।