कैलाली, वैशाख २३ । कैलालीमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा मंगलबार सशस्त्र प्रहरीको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।
मोटरसाइकलमा सवार सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत् सहायक हवल्दार गोरख ऐरको उपचारका क्रममा मृत्यु भएको हो ।
पूर्व–पश्चिम राजमार्गको गौरीगंगा नगरपालिकामा से१च १८२८ नम्बरको एम्बुलेन्स र म२प ५३०३ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।
एम्बुलेन्सचालक आशाराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।









प्रतिक्रिया दिनुहोस्