Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


मालढुंगा–बेनी सडक अवरुद्ध


117
Shares

काठमाडौं । पहिरोको कारणले शुक्रबार रातिदेखि कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुंगादेखि म्याग्दीको बेनी जोड्ने मालढुंगा–बेनी सडक अवरुद्ध भएको छ ।

शुक्रबार साँझदेखि निरन्तर परिरहेको पानीका कारण सडकमाथिको भिरबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

पर्वतको कुश्मा नगरपालिका–१ स्थित मालढुङ्गा नजिकै ठूलो पहिरो खसेको कारण दुईतर्फी यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ।

ट्राफिक कार्यालयका अनुसार वर्षा रोकिएलगत्तै पहिरो पन्छाउने काम सुरू हुनेछ ।

सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङबाट छुटेका सवारी साधन खनियाघाटमा अलपत्र परेका छन् ।