Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


संघीय संसदको महासचिवमा गौतमको नाम सिफारिस


0
Shares

काठमाडौं, वैशाख २२ । संघीय संसदको महासचिव पदका लागि डा. भरतराज गौतमको नाम सिफारिस भएको छ ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार संघीय संसदका सचिव गौतमलाई महासचिव नियुक्त गर्न सिफारिस गरेका हुन् ।

यसअघि महासचिव रहेका मनोहरप्रसाद भट्टराईले अवकाश पाएपछि उक्त पद रिक्त रहेको थियो ।

मनोहरप्रसाद भट्टराईले अवकाश पाएपछि सभामुख सापकोटाले २ चैतमा गोपालनाथ योगीलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए ।

तर, राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले आफूसँग परामर्श नगरी कार्यवाहक दिएको भन्दै सभामुखसमक्ष असन्तुष्टि जनाएका थिए ।

संसद सचिवालयका दुई सचिव योग्य हुँदा–हुँदै राजनीतिक सिफारिसमा सचिव भएका योगीलाई कार्यवाहक दिएको भन्दै विवाद भएको थियो । संसद सचिवालयका कर्मचारीले पनि विरोध गरेका थिए ।