
एजेन्सी । अफगानिस्तानले इरानी सीमा सुरक्षाकर्मीले यातना दिएर नदीमा धकेलेपछि अफगानी आप्रवासीहरु डुबेको आरोप लगाएको छ ।
इरानी सीमामा रहेका सुरक्षाकर्मीको कुटपिटका कारण कतिपय अफगानी आप्रवासीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
तर अफगानिस्तानको उक्त आरोपको इरानले भने खण्डन गरेको छ । इरानी सरकारी अधिकारीहरुले उक्त घटना अफगान क्षेत्रमा भएको दावी गरेका छन् ।
घटनामा संलग्नहरुको संख्या पुष्टि नभएपनि सीमा पार गर्ने क्रममा दर्जनौं आप्रवासीमध्ये अझै सात जना हराइरहेको समाचारमा जनाइएको छ ।
अफगान मानवअधिकार आयोगले इरान प्रवेश गर्न चाहने आप्रवासीहरुलाई नियन्त्रणमा लिएर चरम यातना दिएको आरोप लगाएको छ ।
अफगानिस्तान र इरानको सीमामा पर्ने हरिरु नदी पार गर्ने क्रममा ती आप्रवासीहरुमाथि आक्रमण भएपछि कतिपय पाौडिएर बाँच्न सफल भएको बताइएको छ ।
प्रत्यक्षदर्शीलाई उध्रित गर्दै समाचार संस्था रोयटर्सले आप्रवासीलाई सुरक्षाकर्मीले गोली हान्ने धम्की दिएपछि ज्यान जोगाउन पानीमा हाम फाल्न बाध्य भएको जनाएको छ ।
करिब तीन लाख अफगानी शरणार्थी र मजदुर इरानमा बस्दै आएका छन् । हरेक दिन सयौं इरानी कामका लागि सीमा पार गरेर इरान जाने गरेको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्