काठमाडौं । काठमाडौंस्थित खुलामञ्च नजिकैको ‘पुरानो बसपार्क’ निर्माणमा चरम ढिलासुस्ती भएको छ । बसपार्कको सार्वजनिक जग्गामा भ्युटावर निर्माण कार्य निर्माण कम्पनीले ओगटेको सात वर्ष बित्दा पनि सम्पन्न हुन सकेको छैन ।
भ्यु टावर बनाउने ठेक्का पाएको निर्माण कम्पनीले समयमै काम नगर्दा बसपार्क पुनस्र्थापना हुन सकेको छैन । बसपार्क पुनस्र्थापना नहुँदा सार्वजनिक यातायात प्रभावित बन्न पुगेको छ भने यात्रुले समेत अनावश्यक दुःख खेप्न बाध्य भएका छन् ।
काठमाडौं महानगरपालिका र जलेश्वर स्वच्छन्द बिकोई विल्डर्स प्रालिबीच ५ फागुन २०७१ मा ५ वर्षभित्र टावर निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । निर्माण अवधि सम्पन्न भएको दुई वर्ष बितिसकेको छ । सार्वजनिक निजी साझेदारीमार्फत ३० वर्षका लागि सो सम्झौता भएको थियो ।
२५ कात्तिक २०७२ मा उपराष्ट्रपति नन्दबहादुर पुनले शिलान्यास गरेको भ्यु टावरको निर्माण सुरु गरेको ६ महिनामै भुइँको सबै काम सकेर बसपार्क बनाउने भन्दै पुरानो बसपार्कलाई खुलामञ्चमा सारिएको थियो ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्