३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


इरानी सुरक्षाकर्मीको यातनाका कारण अफगानी शरणार्थी नदीमा डुबेको आरोप


0
Shares

काठमाडौं । अफगानिस्तानले इरानी सीमा सुरक्षाकर्मीले यातना दिएर नदीमा धकेलेपछि अफगानी आप्रवासीहरु डुबेको आरोप लगाएको छ ।

इरानी सीमामा रहेका सुरक्षाकर्मीको कुटपिटका कारण कतिपय अफगानी आप्रवासीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

तर अफगानिस्तानको उक्त आरोपको इरानले भने खण्डन गरेको छ । इरानी सरकारी अधिकारीहरुले उक्त घटना अफगान क्षेत्रमा भएको दावी गरेका छन् ।

घटनामा संलग्नहरुको संख्या पुष्टि नभएपनि सीमा पार गर्ने क्रममा दर्जनौं आप्रवासीमध्ये अझै सात जना हराइरहेको समाचारमा जनाइएको छ ।

अफगान मानवअधिकार आयोगले इरान प्रवेश गर्न चाहने आप्रवासीहरुलाई नियन्त्रणमा लिएर चरम यातना दिएको आरोप लगाएको छ । 

अफगानिस्तान र इरानको सीमामा पर्ने हरिरु नदी पार गर्ने क्रममा ती आप्रवासीहरुमाथि आक्रमण भएपछि कतिपय पाौडिएर बाँच्न सफल भएको बताइएको छ ।

प्रत्यक्षदर्शीलाई उध्रित गर्दै समाचार संस्था रोयटर्सले आप्रवासीलाई सुरक्षाकर्मीले गोली हान्ने धम्की दिएपछि ज्यान जोगाउन पानीमा हाम फाल्न बाध्य भएको जनाएको छ ।

करिब तीन लाख इरानी शरणार्थी र मजदुर अफगानिस्तानमा बस्दै आएका छन् ।

हरेक दिन सयौं इरानी कामका लागि सीमा पार गरेर अफगानिस्तान जाने गरेको समाचारमा जनाइएको छ । (एजेन्सी)