१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


नेकपामा कुटनीतिक प्रभाव, चिनियाँ दूतको दौडधुप कुटनीतिक मर्यादा सुहाउंदो थियो त ?


26
Shares

 दिलीप पोख्रेल र दिपन्द्र अधिकारी (ईमेज)

काठमाडौं, बैशाख २१ । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आन्तरिक द्धन्द्ध चर्किरहेको बेला नेपालस्थित चिनियाँ राजदुत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई पालैपालो भेट गरे ।

उनको भेटपछि नेकपाको विवाद नाटकीय रुप टुंगियो । चिनियाँ दूतको दौडधुप कुटनीति मर्यादा सुहाउंदो नभएको परराष्ट्रविदहरुले बताएका छन् ।

नेपालस्थित चिनियाँ राजदुत छोउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीदेखि नेकपाका शिर्ष नेताहरुलाई पालैपालो भेट गर्दा परराष्ट्र मन्त्रालयलाई औपचारिक जानकारी गराए नगराएको खुलेको छैन ।

भेटघाटको कुनै पक्षले औपचारिक जानकारी नगराउंदा भेट पूर्व कुनै पनि राजदुतले परराष्ट्र मन्त्रालयलाई जानकारी गराउनु पर्ने कुटनीतिक आचारसंहिता–२०६८ को उल्लंघन भएको टिप्पणी हुन थालेको छ ।

चिनियाँ राजदुत छोउको सत्तारुढ दलका नेताहरुसँगको अलगअलग भेटबाट राजनीति दलहरुले आफ्नो स्वार्थका लागि कुटनीति मर्यादा उल्लंघनमा सघाउने प्रवृत्तिको फेरि दोहोरिएको ठान्छन् पूर्व राजदुत लोकराज बराल ।

विगतमा नेपालको राजनीतिमा भारतलगायतका देशका दूतहरुको सक्रियताको चर्को आलोचना हुने गरेको थियो । यस पटक चिनियाँ पक्षले नेपालको राजनीतिमा अनावश्यक सक्रियता देखाएको वरिष्ठ पत्रकार प्रतिक प्रधान ठान्छन् ।

दुई वर्षअघि तत्कालिन एमाले र एकीकृत माओवादी केन्द्रको एकीकरणमा चिनियाँ संलग्नता रहेको ठानिएको थियो । विदेशीको मुख ताक्ने नेपाली प्रवृत्तिमा सुधार नआएसम्म यो क्रम नरोकिने नरोकिने प्रधान बताउछन् ।

नेकपाका नेताहरु सधै चर्को राष्ट्रवादको मुद्धा उठाउदै विदेशी हस्तक्षेपको प्रतिवादमा उत्रने गरेका छन । प्रधानमन्त्री ओलीले भारतले नेपालमा पछिल्लो पटक लगाएको नाकाबन्दीको विरोध गरेर राष्ट्रवादी नेताको पहिचान बनाउनु भयो ।

तर, अहिले देशको आन्तरिक राजनीतिमा चिनियाँको संलग्नता निम्त्याइएको हो भने ओलीको तत्कालिन मान्यतामा विचलन आएको मानिनु पर्छ ।