Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


प्रधानमन्त्री ओली विरोधी मोर्चा फेरि जुर्मुराउँदै, राजीनामा नै माग राख्ने रणनीति


0
Shares

-रोमन आचार्य/ईमेज

काठमाडौं । निकै उतारचढाबबीच शनिबार सम्पन्न सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक रडाको मत्थर भएको ठानिएकै बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली विरोधी मोर्चा फेरि जुर्मुराउन थालेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटस्थहरुले पार्टीभित्रको विवाद टुंगिनसकेको बताएको छ भने वरिष्ठ नेता माधवकुमार नेपाल खेमाले यही बैशाख २५ गते बस्ने नेकपा स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाकै माग राख्ने रणनीति लिएको छ ।

नेकपा भित्रको आन्तरिक शक्ति संघर्ष शनिबारको सचिवालय बैठकबाट समाधान हुने ठानिएको थियो । तर, पार्टी स्थापनादेखि नै तेस्रो धारको नेतृत्व गरिरहनु भएका नेता माधव कुमार नेपाल समूह भने बैठकको निर्णयबाट सन्तुष्ट देखिएको छैन ।

बैशाख २५ गते बस्ने स्थायी कमिटिको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको बेला बैठकमा नेपाल समूहको मुख्य एजेण्डामा ओलीको राजनीमा परेको छ ।

नेपाल निकट स्थायी कमिटि सदस्य जगन्नाथ खतिवडाका अनुसार स्थायी कमिटिको बैठकमा ओलीको राजीनामा मागिने छ ।

गत बुधबारको सचिवालय बैठकमा अध्यक्ष प्रचण्ड र नेता नेपालले ओलीको राजीनामा माग गरेका थिए ।

त्यसपछि ओलीको कुटीलता र चिनियाँ राजदूतको सक्रियताले ओलीको राजीनामा माग्ने अडानबाट प्रचण्ड समूह पछाडी हटेको बुझिएको छ ।

प्रचण्ड निकट नेता हरिवोल गजुरेल सचिवालयको बैठकले पार्टीभित्रको सम्पूर्ण विवादहरु टुंगोमा नपुर्‍याएको बताउँछन् ।

नेपाल पक्षको दाबीलाई मान्ने हो भने नेकपा भित्रको रडाको स्थायी समिति वैठकसम्मका लागि थामिएको हो ।

स्थायी समिति वैठकले चित्तबुझ्दो निकास दिन सकेन भने रडाकोले नयाँ रुप नलेला भन्न सकिंदै ।