
पाल्पा, बैशाख २१ । प्रतिनिधिसभा पाल्पा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद दलबहादुर रानालाई राजीनामा गराउन नहुने मतदाताले बताएका छन् ।
बुधबार बसेको नेकपा सचिवालय बैठकले गौतममलाई प्रतिनिधिसभामा लैजानले निर्णय गरेको थियो । पाल्पा निर्वाचन क्षेत्र नं. १ प्रतिनिधिसभाका सांसद रानालाई पदत्याग गराउने गरि निर्णय भएको चर्चासँगै पाल्पामा राजनीतिक चर्चा चुलिएको हो ।
मतदाता कृष्ण कोईरालाले कुनै पनि किसिमबाट वामदेवलाई पाल्पामा चुनावमा लडाउने नहुने बताए । चिर परिचितले त केही गर्न नसकेको अवस्थामा बर्दियामा चुनाव हारेको मान्छे ल्याएर चुनाव जिताउँदैमा केही आशा गर्न नसकिने बताउँछन ।
यस्तै अर्का मतदाता हरि कुमारी न्यौपानेका अनुसार वामदेवलाई दलबहादुरको स्थानमा चुनाव लडाउने कुरा जन्मेको छोरा मारेर पूर्णीमा पुजा गर्नु जस्तै हो । राजीनामाबारे आफूलाई जानकारी नभएको नेकपा नेता ठाकुर गैरेले बताए ।
युवापंक्ति माझ लोकप्रिय रहेका नेता गैरे भन्छन्, ‘दलबहादुर रानाका विषयमा मलाई जानकारी छैन तर त्यस्तो हुन नपर्ने हो ।
प्रतिक्रिया दिनुहोस्