
काठमाडौं, बैशाख २१ । लकडाउनका कारण विभिन्न मुलुकमा फसेका भारतीय मजदुरहरुले घर फर्कन विभिन्न जुक्ति निकाल्न थालेको पाइएको छ ।
यसै क्रममा मध्य प्रदेशको इन्दौरमा सिमेन्ट मिक्सरमा लुकेर आएका १८ जना भारतीय मजदुर प्रहरीको फन्दामा परेका छन् ।
महाराष्ट्रबाट लखनउ जाने क्रममा मध्य प्रदेश प्रहरीलाई शंका लागि सिमेन्ट मिक्सर चेकजाँच गर्दा उनीहरु पक्राउ परेका हुन् ।
नियन्त्रणमा लिइएकाहरुलाई क्वारेन्टाइनमा राखिएको छ । भारतमा हालै प्रवासी मजदुरहरुको लागि घर फर्कन रेल र बसको व्यवस्था गरे पनि उनीहरु भने लुकेर आएको भारतीय अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्