 
	    ओखलढुंगा । ओखलढुंगाको रुम्जाटारमा चरन क्षेत्रको अभावमा भेडापालन व्यवसाय मासिंदै गएको छ ।
राडीपाखी बनाउन प्रयोग हुने ऊनको मुख्य स्रोत मानिएको भेडापालन व्यवसाय अहिले रुम्जाटारका सीमित किसानले मात्रै गर्दै आएका छन् । पहिले गुरुङ समुदायका घरैपिच्छे हुने भेडीगोठ अहिले २ वटामा खुम्चिंएको छ । एकातिर चरन क्षेत्रको अभाव, अर्कोतिर कामदार नपाइने समस्याले यो व्यवसाय संकटमा परेको भेडा व्यवसायी सन्तोष गुरुङले बताउनुभयो ।
जंगलमा बसेर भेडा चराउनु पर्ने भेडा व्यवसायीहरुको बाध्यता नै हो । चरन क्षेत्रको अभावकै कारण यहाँका किसानले वर्षामा सोलुखुम्बु तथा हिउँदमा उदयपुर र सिन्धुलीका विभिन्न क्षेत्रमा पुर्याएर भेडा चराउने गरेको भेडा विकास समितिका अध्यक्ष पदमकुमारी गुरुङको भनाइ छ ।
भेडापालन व्यवसाय मासिंदै गएपछि ऊनको अभावमा रुम्जाटारका घरेलु राडीपाखी उद्योग समेत संकटमा परेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्