Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


राहदानी बनाउन साइबरमा कागज


1.2k
Shares

e passport tendor

काठमाडौं । सिन्धुपाल्चोककी कमला तामाङ (नाम परिवर्तन)लाई छिटो विद्युतीय राहदानी बनाउनुपरेको थियो तर आफ्नो पालो आउन करिब एक साता लाग्ने भएपछि उहाँ कसरी छिटो बनाउने भन्ने ध्याउन्नमा दैनिकजसो नै त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा आउन थाल्नुभयो ।

ढोकामा बस्ने सुरक्षा गार्डदेखि राहदानी विभागका कर्मचारी भेटिने हरेक झ्यालमा पुगेर छिटो राहदानी लिने प्रयास गर्नुभयो तर राहदानी विभागको अनलाइन प्रणालीले तोकेको मितिभन्दा अघि प्रत्यक्ष अन्तर्वार्ता र फोटो खिच्ने काम (लाइभ इनरोलमेन्ट)मा बसेर फोटो खिच्न नपाउने भएपछि उहाँ अर्को छोटो बाटो खोज्नतिर लाग्नुभयो ।

परिसरमा त्यसरी छिटो राहदानी बनाउन खोज्ने खोज्दै हिँडेका बिचौलियासँग उहाँको जम्काभेट नहुने कुरै भएन । मिति फेरेर भोलि नै लाइभमा बस्न पाइन्छ भनेर बिचौलियाले उहाँलाई फकायो । अनि कागजपत्रसहित गोङ्गबुको एउटा साइबरमा पठायो । पालै मिचेर राहदानी पाइने भएपछि उहाँ फुरुङ्ग पर्दै साइबर पुग्नुभयो । साइबरमा बसेका व्यक्तिले उहाँको अनलाइन कागजपत्र कसो–कसो गरेर सच्याइदिए । साता दिनपछि आउने पालो भोलिपल्टकै मिति लेखिदिएर पत्र प्रिन्ट गरिदिए ।

त्यो मिति सच्याइएको पत्र लिएर भोलिपल्ट उहाँ फेरि राहदानी विभाग पुग्नुभयो । आफ्नो अन्तर्वार्ता र फोटो खिच्ने मिति आजै भएको प्रमाण विभागका कर्मचारीलाई देखाउँदै भित्र प्रवेश गर्न खोज्नुभयो । कर्मचारीले पालो हो कि होइन भनेर आफ्नो अनलाइन प्रणालीको कागजातसँग उहाँले ल्याउनुभएको पत्र रुजु गरे तर त्यहाँ त एक सातापछिको पालो थियो । “तपाईंको पालो एक सातापछि छ, यो पत्र कसरी आयो ?,” भनेर कर्मचारीले सोधे ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।