
काठमाडौं । स्पेनमा लकडाउन खुकुलो बनाइंदै गर्दा सार्वजनिक यातायातमा मास्क अनिवार्य गरिएको छ ।
प्रधानमन्त्री पेद्रो सान्चेजले सार्वजनिक यातायातको स्टेनशनमा ६० लाख मास्क वितरण गर्ने र ७० लाख मास्क स्थानीय अधिकारीलाई प्रदान गर्ने बताए ।
युरोपका अन्य मुलुकहरुमा सामाजिक दूरी कायम गरि लकडाउन खुकुलो पार्न थालिएको छ ।
यस्तै केही मुलुकमा केही देशमा पसल तथा सार्वजनिक यातायातमा मास्कको प्रयोग अनिवार्य गरिएको छ । युरोपमा सबैभन्दा बढी कोरोना महामारीबाट इटाली प्रभावित छ ।
त्यसपछि बेलायत र स्पेन कोरोनाको बढी मारमा परेका छन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्