Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


रामेछापमा बस दुर्घटना, ९ जनाको मृत्यु


481
Shares

काठमाडौं । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज मंगलबार बिहान बस दुर्घटना हुँदा कम्तिमा ९ जनाको मृत्यु भएको छ ।

रामेछापबाट काठमाडौं आउँदै बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा २५ जना घाइते भएका छन् । उनीहरुको उपचारका लागी धुलिखेल ल्याइएको छ ।