काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको जारी केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्य जम्बो बनाएको भन्दै नेतृत्वको चर्काे आलोचना भएको छ ।
पार्टी संगठनलाई चुस्त दुरुस्त बनाउन सानो कमिटीको संख्या ठूलो बनाइएको संख्या ठूलो बनाइएको भन्दै आलोचना भएको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने केन्द्रीय सदस्यहरुले अपमानित भएर गठबन्धनमा पक्षमा बस्न नहुने सुझाव दिएका छन् ।
स्थानीय निर्वाचनमा गठबन्धन गर्दा कांग्रेसबाट धोका भएको बताउँदै केन्द्रीय सदस्यहरुले त्यसबाट पाठ सिकेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्