Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


ब्याजदर बढ्ने, आयात प्रतिबन्ध थपिने


3.6k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रको दबाबलाई निकास दिने तथा ब्याजदर बढ्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने भएको छ ।

सोमबार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अर्थतन्त्रका प्राय सबै सूचकमा दबाब रहेका कारण यसको प्रभावलाई सम्बोधन गर्न विश्वका अर्थशास्त्रीहरूले ल्याएका सिद्धान्तहरू प्रयोग गरेर मौद्रिक नीति ल्याउने बताए ।

गर्भनर अधिकारीले अर्थतन्त्रमा बचत कमजोर हुँदै जाने र फजुल खर्च बढ्दै जाने अवस्था भइरहेको बताउँदै पछिल्लो समय व्यक्तिगत र समाजको खर्च गर्ने प्रवृत्तिमा सुधार नआएको पनि बताए ।

उनले मुलुकको अर्थतन्त्र आयातमुखी रहेकाले त्यसको असरले अर्थतन्त्रको बाह्य क्षेत्रमा निकै ठूलो दबाब बढेको जिकिर गरे ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।