
काठमाडौं, बैशाख १९ । विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ ।
कोरोनाका कारण विश्वभर ३३ लाख २७ हजार बढी संक्रमित हुँदा २ लाख ३४ हजार बढीको मृत्यु भएको छ ।
सबैभन्दा बढी अमेरिकामा १० लाख ९५ हजार बढी संक्रमित हुँदा ६३ हजार ८ सय बढीको मृत्यु भएको छ ।
कोरानाको महामारीले युरोपमा १ लाख ३५ हजार ७ सय बढीको मृत्यु भएको छ भने १३ लाख ८५ हजार बढी संक्रमित भएका छन् ।
उत्तर अमेरिकामा १० लाख ९५ हजार ५ सय बढी संक्रमित हुँदा ६३ हजार ८ सय बढीको मृत्यु भएको छ भने दक्षिण अमेरिकामा १ लाख ७८ हजार ६ सय बढी संक्रमित हुँदा ८ हजार ८ सय ११ मृत्यु भएको छ ।
एशियाली मुलुकमा भने कोरोनाका कारण ५ लाख २६ हजार ७ सय जना संक्रमित हुँदा १८ हजार ७ सय भन्दा बढीको मृत्यु भएको छ ।
अफ्रिकी मुलुकहरुमा ४० हजार बढी संक्रमित हुँदा १६ सय बढीको मृत्यु भएको छ । बिवश्वभर कोराना संक्रमित मध्ये १० लाख ५२ हजार बढी निको भई सकेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्