
फाइल तस्विर
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी बैठक आज आइतबार बस्न लागेको छ ।
बैठकमा संगठन निर्माण, गठबन्धन, कार्यकारिणी समिति बिस्तार, भातृसंगठन निर्माण लगायतका एजेण्डाहरुमा छलफल हुने कार्यतालिका छ ।
लोसपाको केन्द्रीय कार्यकारिणी बैठक शनिबार पनि बसेको थियो । पार्टी विधान बारे जारी छलफलमा आइतबारको बैठकमा नेताहरुले आ–आफ्नो धारणा राख्ने छन् ।
यस्तै, बैठकमा आगामी चुनावमा कुन दलसँग सहकार्य गर्ने भन्ने एजेण्डाका बारेमा पनि गम्भीर छलफल हुने एक नेताले जानकारी दिनुभयो ।








प्रतिक्रिया दिनुहोस्