३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


अमेरिकामा लकडाउन खुकुलो पार्न माग गर्दै हतियारसहित प्रदर्शन


0
Shares

एजेन्सी । अमेरिकाको मिसिगन राज्यमा लकडाउन खुकुलो पार्न माग गर्दै प्रदर्शन भएको छ ।

हतियार समेत बोकेर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले राज्यको संसद भवन प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीसंग झडप भएको थियो ।

केही प्रदर्शनकारी भने संसद भवन प्रवेश गरेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सुरक्षाकर्मीले केही प्रदर्शनकारीहरुलाई ज्वरो नापेर प्रवेश अनुमति दिएका थिए ।

मिसिगन राज्यमा ४१ सय भन्दा बढी कोरोना संक्रमित छन् भने ८८ भन्दा बढीको मृत्यु भएको छ ।