Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


व्यापारघाटा न्यूनीकरण कार्ययोजना पुनरावलोकन हुने


104
Shares

काठमाडौं । देशमा व्यापारघाटा बढ्दै गएको र मूल्य अभिवृद्धि हुने वस्तुको निकासी बढ्न नसकेपछि सरकारले व्यापारघाटा न्यूनीकरण कार्ययोजना पुनरावलोकन गर्ने भएको छ । २०७५ मा पहिलो पटक ल्याइएको कार्ययोजना पूर्ण कार्यान्वयन नआउँदै परिमार्जन गर्न लागिएको हो ।

यो कार्ययोजना लागू भएपछि कोभिड महामारीका कारण संसारभर वैदेशिक व्यापारको प्रवृत्ति फेरिएको तथा मुलुकको आर्थिक चुनौतीसमेत थपिएको तथ्यलाई मध्यनजर गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘व्यापारघाटा न्यूनिकरण कार्ययोजना, २०७५’ पुनरावलोकन गर्ने निर्णय गरेको मन्त्रालयका सचिव डा. गणेश पाण्डेले जानकारी दिए ।

मन्त्रालयको उच्च व्यवस्थापन समूह (एसएमटी) ले व्यापारघाटा न्यूनीकरण कार्ययोजना पुनरावलोकन गर्नेसम्बन्धी निर्णय गरेर कार्यान्वयनका लागि पठाइसकेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।