३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


कोरोनाका कारण अमेरिकी अर्थतन्त्रमा संकुचन, ४ दशमलव ८ प्रतिशतले वार्षिक गिरावट आउने


0
Shares

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण अमेरिकी अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको छ ।

यस वर्षको पहिलो तीन महिनाको तथ्यांकअनुसार अमेरिकाको अर्थतन्त्रमा एक दशकयताकै सबैभन्दा गम्भीर संकुचन देखा परेको हो ।

कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि लकडाउन लगाइएपछि अर्थतन्त्रमा यस्तो संकुचन पैदा भएको हो ।

हालै सार्वजनिक गरिएको विवरणका अनुसार विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रमा ४ दशमलव ८ प्रतिशतको वार्षिक गिरावट आउने देखिएको छ ।

यसले सन् २०१४ पश्चात् पहिलो पटक ठूलो आर्थिक संकुचनलाई देखाएको बताइएको छ ।

तर मार्चमा पूर्णरूपमा प्रतिबन्धहरू नलगाइएकाले यो तथ्यांकले  संकटको संकेत मात्र गरेको अधिकारीहरुले बताएका छन् ।

फेडेरल रिजर्भका अध्यक्ष जेरोम पाउलले बैंकलहरुले चालेका नयाँ कदमहरू अर्थतन्त्र आफ्नो गतिमा नआउन्जेल जारी रहने बताए ।

अमेरिकी केन्द्रीय बैंकका नीति निर्माताहरूले कोरोना भाइरस महामारी अमेरिका तथा विश्वको गम्भीर मानवीय र आर्थिक कठिनाइको कारक बनेको औंल्याएका हुन् ।

कोरोनाको संक्रमण बढ्दै गएपछि गत मार्चको मध्यदेखि अमेरिकामा २६ लाख भन्दा बढी मानिस बेरोजगार रहनुको साथै व्यावसायिक गतिविधिहरु समेत ठप्प रहेका छन् ।

कोरोना भाइरसको विश्वव्यापी प्रभाव पर्नुअघि अमेरिकी अथतन्त्रमा यस वर्ष २ प्रतिशतले बढ्ने पूर्वानुमान गरिएको थियो ।(एजेन्सी)