Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


संसद बैठक बोलाउन कांग्रेसको माग


0
Shares

काठमाडौं, वैशाख १७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक डाक्न माग गरेको छ ।

कोरोना संक्रमणको बीचमा विकसित भएका राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न कांग्रेसले संसद बैठकको माग गरेको हो ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोनासँग लड्ने रणनीति बनाउन तथा आगामी आर्थिक वर्षको बजेट ल्याउने विषयमा छलफल गर्न संसद बैठक आवश्यक भएको बताए ।

बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले नेकपा नेतृत्वको सरकारले लोकतान्त्रिक संविधानको मर्मविरोधी कार्य गरेको भन्दै आलोचना गरेका थिए ।

शर्माकाअनुसार कोरोनासँग जुध्ने कसरी र कोरोनापश्चात् उठ्ने अर्थतन्त्रलाई कसरी उठाउने भन्ने विषयमा पनि छलफल भएको छ ।