२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


महानगरको फोहोर आफ्नै क्षेत्रमा विसर्जन गर्न गृहकार्य

मेयर बालेनको गोप्य योजना

11.401k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राजधानीको फोहोर राजधानी वा छिमेकी स्थानीय तहको सहयोगमा कतै व्यवस्थापन गर्ने गोप्य योजना बनाउनुभएको छ ।

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र अर्थमन्त्री शालिकराम जमरकट्टेलले राजधानीको फोहोर बन्चरेडाँडामा लैजान नदिने भन्दै बैठकमा काठमाडौं महानगरबासीमाथि खनिएको महसुस गर्दै उहाँले सो गोप्य योजना बनाउनुभएको हो । डेढ साताअघि हेटौंडामा आयोजित दुईदिने कार्यक्रममा सो विषय उठान गरेपछि मेयर साह र उपमेयर सुनिता डंगोल दोस्रो दिनको कार्यक्रममा नबसी फर्किएका थिए । आफूलाई अपमान भएको महसुस गर्दै मेयर र उपमेयर दोस्रो दिनको कार्यक्रममा सहभागी भएनन् ।

महानगरबासी र जनप्रतिनिधिमाथि अपमान भएको महसुस गरेका मेयर साहले महानगरको फोहोर महानगरमै व्यवस्थापन गर्न गोप्य योजना बनाउनुभएको छ । केही दिनदेखि मेयर साह र उपमेयर डंगोल महानगरको फोहोरमैला व्यवस्थापन समितिका संयोजक एवं वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जन, सदस्य र कामपाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलसहितको टिम बसेर योजना तयार गरिरहेका छन् ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।