Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


हैजा नियन्त्रणमा महानगरको सतर्कता


143
Shares

काठमाडौं । राजधानीमा हैजा फेलिएपछि उपत्यकाका दुई महानगरपालिकाले उच्च सतर्कता अपनाएका छन् ।

काठमाडौं र ललितपुर महानगरपालिकाले विशेष स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्दै दूषित पानी र अस्वस्थ खाना नखान सर्वसाधारणलाई अपिल जारी गरेको छ । आइतबार १२ जनामा हैजा संक्रमण देखिएको थियो । इपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चमनलाल दासका अनुसार हालसम्म १७ जनामा हैजा पुष्टि भएको छ ।

काठमाडौंको बागबजार, बालाजु, सानेपा लगायतका क्षेत्रमा हैजा देखिएपछि काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई पत्राचार गरी शुद्ध खानेपानीको व्यवस्थापन गर्न आग्रह गरेको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।