२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


थप २९ जनामा कोरोना संक्रमण


195
Shares

काठमाडौं । देशभर थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १ हजार ७ सय ३० जनामा गरिएको परीक्षणमा थप २९ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार १७ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ सय ९२ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।